२०८२ असार १० - Tue Jun, 2025 -

Janasewa News

हामी अहिले भिरको बाटोमा सिस्‍नु समाउँदै हिँडिरहेका छौँ- गृहमन्त्री लामिछाने

काठमाडौँ । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा आफ्नो उद्देश्य र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् । रास्वपा स्थापना भएको दुई वर्षको उपलक्ष्यमा सामाजिक सञ्जालमा शुभकामना दिँदै लामिछानेले शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हिँडिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘आम नागरिक एवं  रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले  भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं। वैचारिक स्पष्टता सँगै राजनीतिक परिपक्वता हासिल गर्दै हामी यो यात्रा सम्पन्न गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।’

हिजो विश्वास गर्ने एक दुई जना हुँदा त हिँड्ने आँट गरियो अहिले लाखौं लाख शुभेच्छुकहरू छन् उनले भनेका छन् । लामिछानेले भने, ‘२ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु  आज ‘रास्वपा खस्कँदो छ’ भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउँदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ।’

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com