२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

कोशी किनारको ‘लेडी फाइट’मा संलग्न पाँच जना युवती पक्राउ

विराटनगर- सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित सप्तकोशी नदीको किनारमा भएको ‘लेडी फाइट’ मा संलग्न पाँचैजना युवतिहरुलाई प्रहरीले पक्राउ गरेको छ । ब्वाइफ्रेन्डको पोल खोलिदिएको र बेइज्जत गरिदिएको आरोपमा तीन युवतिहरुमाथि निर्धात कुटपिटमा संलग्न पाँचजना युवतिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कुटपिटमा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका–१० भुजेलटोलकी १९ वर्षीया प्रिति लिम्बु, बराहक्षेत्र–८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षीया बिनिता उराँव, बराहक्षेत्र–९ की १९ वर्षीया सन्जिता राई र निहाङ राई पक्राउ परेको जनाइएको छ ।

उनीहरुले गत शुक्रबार बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलस्थित सप्तकोशी नदी किनारमा अर्को समूहमा रहेका तीन युवतीहरूलाई बोलाएर कुटपिट गरेका थिए । चिनजानकै साथीहरु रहेका उनीहरुबीच एक अर्काको ब्वाईफ्रेन्डको पोल खोलिदिएको बिषयमा सामान्य विवाद भएको र त्यसैलाई इगो बनाएर झगडा भएको प्रहरीले जनाएको छ । कुटपिट गरेको भिडियो बनाएर उनीहरुले नै सामाजिक सञ्जालमा राखेपछि घटना बाहिरिएको थियो ।

प्रहरीका अनुसार असार २९ गते शुक्रबार साँझ करीव साढे ५ बजेतिर बराहक्षेत्र–८ की १९ वर्षीय मनीषा राई तथा १७ वर्षीया र १६ वर्षीया अर्की युवतीमाथि निर्धात कुटपिट भएको जनाइएको छ । घटनापछि फरार रहेका पाँच जनाको समुहमा रहेका युवतिहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डको खटिएको विशेष प्रहरी टोलीले तीन पटकमा पक्राउ गरेको हो ।

१९ वर्षीया प्रिति सोही दिन पक्राउ परेकी हुन् । त्यसैगरी दुर्गा र बिनितालाई मंगलबार दिउँसो इटहरीबाट तथा सन्जिता र निहाङलाई नडाह चोकबाट चेकिङको क्रममा बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार राईले बताए ।

पीडित युवतिहरुले आफुलाई गफ गर्नका लागि झुक्याएर बोलाएर कुटपिट गरेको र भिडियो समेत सामाजिक सञ्जालमा राखेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा गत आइतबार किटानी जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा पाँच जनाको समुहमा रहेका युवतिहरुलाई पक्राउ गरिएको प्रवक्ता राईले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com