२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

क्यान टुक्र्याउने विधेयकहरू फिर्ता लिन माग गर्दै आधिकारिक ट्रेड युनियनको अल्टिमेटम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आधिकारिक ट्रेड युनियनले संसदमा प्रस्तुत भएको नागरिक उड्डयनसम्बन्धी दुवै विधेयक फिर्ता लिन माग गरेको छ । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीलाई ज्ञापनपत्र बुझाउँदै युनियनले नियामकीय भूमिकाको मूल मुद्दाबाट नै विषयान्तर भइ पेश भएको भन्दै विधेयकलाई तत्काल फिर्ता लिन माग गरेको हो । उक्त विधेयक ७ दिनभित्र फिर्ता नलिएमा आन्दोलनमा जाने चेतावनी युनियनले दिएको छ ।

प्रस्तुत भएको विधेयकले व्यवस्था गरेको सञ्चालक समितिको संरचना, निजी क्षेत्रबाट कार्यकारी नियुक्त गर्ने  तथा सञ्चालनमा निजी क्षेत्र रहने व्यवस्था जस्ता व्यवस्था हुनुले सरकार नियमनकारी क्षमतालाई सुदृढीकरण गर्ने वा व्यवस्थापकीय प्रभावकारिता बढाउने नभएर नाफामा रहेका विमानस्थलको निजीकरण गरी राज्यको स्रोतको माफियाकरण गर्ने कुनियत तर्फ लक्षित रहेको युनियनका महासचिव लिलाप्रसाद श्रेष्ठले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

प्राधिकरणले नियमन र सेवा प्रदायकको कार्यमा आन्तरिक कार्य विभाजनमार्फत् एक अर्काको कार्यमा स्वार्थको द्वन्द नहुने गरी आईकाओको सिफारिसको आवश्यक कार्यान्वयन गरिसकेको अवस्थामा भन्दै त्यही बहानामा विधेयकले मन्त्रालयगत संरचनामै दुवै प्राधिकरणको नेतृत्व राखी स्वार्थको द्वन्द्वलाई नै मलजल गर्ने गरिएको बताए ।

मन्त्रालयले गत फागुन १३ गते उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको थियो । विधेयकले नियामकीय र सेवाप्रदायक संस्थालाई अलग गर्ने व्यवस्था गरेको छ । युरोपियन युनियन (ईयू) ले कालोसूचीमा राखेको कारण देखाउँदै सरकारले यो विधेयक ल्याएको थियो ।

युनियनले आईकाओले दिएको मुख्य सुझावको रुपमा रहेको स्थायी दुर्घटना छानविन आयोगको विषयमा भने विधेयकले मौनता साँधेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेपालको उडान सुरक्षाको क्षेत्रमा दुरगामी प्रभाव पार्ने साथै प्राधिकरणमा कार्यरत कर्मचारीको भाग्य र भविष्यसँग जोडिएको विषयमा कर्मचारीको प्रतिनिधि गर्ने यूनियनकर्मीसँग कुनै प्रकारको छलफल नगरी सतही रुपमा अघि बढाइएका विधेयक कदापी स्वीकार्य नहुने युनियनको चेतावनी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com