२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानूनी शासनको पक्षमा सामूहिक रुपमा काम गर्न आवश्यक रहेको बताएका छन् । शनिबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले नेपालको संविधानले विश्वव्यापीरुपमा मानव अधिकारका आधारभुत मागहरु अन्तर्गतका सबै अधिकारहरुलाई मौलिक अधिकार हकको रुपमा संवैधानिक रुपमा प्रत्याभुत गरेको उल्लेख गरे । मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानून निर्माण भइसकेको भन्दै उनले मानव अधिकारको संरक्षण, संवद्र्धन गर्ने दायित्व राज्यको भएपनि मानव अधिकारको सम्मान गर्नु सबैको जिम्मेवारी भएको बताए ।

प्रधानमन्त्री देउवाले प्रचलित कानूनको पालना र मानव अधिकारको सम्मान गर्न निजी क्षेत्र, प्राज्ञिक समाज, नागरिकहरु सबैको सहयोग आवश्यक रहेको बताए । उनले राष्ट्रिय मानव अधिकार आयोगको पेरिस सिद्धान्तअनुरुपको स्वतन्त्रता र स्वायत्ततालाई अघि बढाउन सरकार सदैव प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

उनले सबै किसिमका दण्डहीनता अन्त्य गर्ने र मानव अधिकार उल्लंघनप्रति शुन्य सहनशीलताको नीति नेपाल सरकारले लिएको बताए । उनले नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभुत गर्न मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

उनले भने, ‘सबैजना मिलेर सामुहिक रुपमा मानव अधिकार, लोकतन्त्र, कानूनको शासनको पक्षमा काम गर्न आवश्यक छ । नेपालको संविधानले विश्वव्यापीरुपमा मानव अधिकारका आधारभुत मागहरुअन्तर्गतका लगायत सबै अधिकारहरुलाई मौलिक अधिकार हकको रुपमा संवैधानिक रुपमा प्रत्याभुत गरेको छ । मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानून निर्माण भइसकेका छन् । मानव अधिकारको संरक्षण, संवद्र्धन गर्ने दायित्व राज्यको भएता पनि मानव अधिकारको सम्मान गर्नु सबैको जिम्मेवारी हो । प्रचलित कानूनको पालना र मानव अधिकारको सम्मान गर्न निजी क्षेत्र, प्राज्ञिक समाज, नागरिकहरु सबैको सहयोग आवश्यक छ ।’

उनले थपे, ‘राष्ट्रिय मानव अधिकार आयोगको पेरिस सिद्धान्तअनुरुपको स्वतन्त्रता र स्वायत्ततालाई अघि बढाउन सरकार सदैव प्रतिबद्ध छ । सबै किसिमका दण्डहीनता अन्त्य गर्ने, मानव अधिकार उल्लंघनप्रति शून्य सहनशीलताको नीति नेपाल सरकारले लिएको छ । नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभुत गर्न मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध छ ।’

प्रधानमन्त्री देउवाले सरकारले मानवअधिकार सम्बन्धी कानूनी संरचना व्यवस्थापनदेखि मानवअधिकार उल्लंघनका घटनाहरु कम गर्न आवश्यक काम गर्दै आइरहेको बताए । नेपालसहित वश्वभर आज ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com