२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

आज काठमाडौं र ललितपुरका यी क्षेत्रमा विद्युत सेवा बन्द हुने

काठमाडौं– आज काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा विद्युत् सेवा बन्द हुने भएको छ। टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा आज बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणले एक सूचना गर्दै यस्तो जनाएको हो । सबस्टेशनमा मर्मत्का लागि विद्युत सेवा बन्द गरिन लागिएको हो ।
टेकु  सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ।
प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत सेवा बन्द हुनेछ ।
त्यस्तै पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र  ठाडोढुंगा क्षेत्रमा पनि बिजुली जाने प्राधिकरणले जनाएको छ
त्रिपुरेश्वर फिडरअन्तर्गतका स्थानहरुमा पनि विद्युत प्रभावित हुनेछ । सो अन्तर्गत  टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर  चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत नहुने प्राधकिरणले जारी गरेको सूचनामा उल्लेख छ ।
भैसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म पनि विद्युत प्रभावित हुनेछ ।

कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका  बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com