२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Janasewa News

ग्लोबल टी-२० क्यानडा : सन्दीपले दीपेन्द्रलाई आउट गरे, टिमलाई जिताउन सकेनन्

काठमाडौं । ग्लोबः टी२० क्यानडा क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि एक आपसमा भिडेका थिए । जहाँ दुवैले सम्झनलायक प्रदर्शन पनि गरे ।

सन्दीपले दीपेन्द्रलाई आउट गरे । तर खेल भने दीपेन्द्र सम्मिलित टिमले जित्यो । सन्दीपले २ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।

पहिलो पटक विदेशी लिग खेलिरहेका दीपेन्द्रले मोन्ट्रियल टाइगर्सको जितमा २८ रन योगदान गरे ।

ब्राम्पटनस्थित सीएए सेन्टरमा भएको खेलमा मोन्ट्रिलए टाइगर्सले सन्दीप सम्मिलित सर्रे जागुएर्सलाई ५ विकेटले हराएर विजयी सुरुवात गर्‍यो ।

सर्रेले दिएको १३७ रनको लक्ष्य मोन्ट्रिएलले १८.३ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

जसमा दीपेन्द्रले नै सर्वाधिक २८ रन बनाए । २२ बल खेलेका उनले २ चौका प्रहार गरे । जितका लागि १३ रन आवश्यक हुँदा दीपेन्द्रलाई १७औं ओभरमा सन्दीपले एलबीडब्लु धरापमा पारेका थिए ।

यस्तै दिलप्रित सिंहले अविजित २८ रन नै जोडे । शकिब अल हशनले २६ र क्रिस लिनले २२ रन बनाए । कार्लोस ब्रेथवेइटले ६ बलमा अविजित १४ रन बनाए ।

बलिङमा सन्दीपले ४ ओभरमा १७ रन मात्र खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले ६ विकेट गुमाएर १३६ रन बनाएको थियो । जसमा कप्तान इप्ट्टिखर अहमदले अविजित रहँदै सर्वाधिक ४० रन बनाए । जतिन्दर सिंहले २७ रन जोडे ।

शकिब अल हशनले ३ विकेट लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com