२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

प्रदेशको भूमिकालाई केन्द्रले मूल्यांकन गरोस् : कांग्रेस नेता सिटौला

काठमाडौँ–  नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रदेशको भूमिकालाई केन्द्रले मूल्यांकन गरेर अगाडि बढ्नु पर्ने बताएका छन् । सोमबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सिटौलाले यस्तो बताएका हुन् ।

‘ढिलै भए पनि कार्यक्रमहरू आएका छन्,’ उनले भने, ‘तर, यी कार्यक्रममा साथीहरूलाई खटाउँदा जिम्मेवारी दिँदा प्रदेशको संरचनालाई पनि ध्यान दिइयोस् । प्रदेशको भूमिकालाई केन्द्रले राम्रै मूल्यांकन गरोस् ।’

प्रदेश कार्यसमिति मार्फत काम गर्दा केन्द्रलाई नै सहज हुने उनको भनाइ  छ । ‘प्रदेश कार्यसमिति प्रदेश सभापतिहरू मार्फत प्रदेशभित्रका जिल्लाहरूको क्षेत्रहरूको मूल्यांकन गरेर त्यसको प्रतिवेदन लिने पद्धति खडा भयो भने केन्द्रलाई काम गर्न पनि केही सहज हुन्छ,’ उनले भने ।

सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा संगठनको मात्रै योजनाभन्दा देश र जनताका लागि गरिने कार्यक्रमहरूबारे पनि प्रस्ताव ल्याउन आग्रह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com