२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसा कायम गरिएकाे छ ।

हिजो अमेरिकी डलर एकको खरिद दर १३०.८२ रूपैयाँ रहेको थियाे । हिजाे अमेरिकी डलरकाे बिक्री दर १३१.४२ रूपैयाँमा भएकाे थियाे भने युरोपियन युरो एकको खरिद दर १४५.५४ रूपैयाँ रहेको छ भने बिक्री दर १४६.२० रूपैयाँमा कारोबार गरिएकाे थियो । बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६८ पैसा र बिक्री दर १६८ रूपैयाँ ३५ पैसामा काराेबार भएकाे थियाे।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१२ रूपैयाँ रहेको छ भने बिक्री दर ८८.५२  रूपैयाँ  तथा  क्यानेडियन डलर एकको  खरिद दर ९८ रुपैयाँ  ९७  पैसा र बिक्री दर ९९ रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रूपैयाँ ३० पैसामा खरिद बिक्री हुँदा दक्षिण काेरिया वन १०० को  खरिदमा  १० रूपैयाँ  १९  पैसा र बिक्री दर  १० रूपैयाँ २४ पैसामा कारोबार हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८९ रुपैयाँमा तथा मलेसियन रिंगिट  एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७९ रुपैयाँमा काराेबार गर्न सकिनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२५.५८ पैसा  विक्रीदर ४२७.५३ पैसामा काराेबार हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com