२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

मोफसलका मौलिक चलचित्रलाई अनुदान : बोर्ड प्रवक्ता बुढाथोकी

दाङ । चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बोर्डले मोफसलमा निर्माण भएका मौलिक चलचित्रहरुलाइ अनुदान दिने बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल, दाङले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले बोर्डले आर्थिक वर्ष ०८०/०८१ मा मोफसलमा बनेका चलचित्रहरुलाई प्रथामिकतामा राखेर कार्यक्रमहरु ल्याएको बताएका हुन् ।

उनले बोर्डले मोफसलमा निर्माण भएका तीन वटा लघु चलचित्रलाई अनुदान दिने बताए । ‘मोफसलमा निर्माण भएका मौलिक चलचित्रहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले पोष्ट पोर्डक्सनदेखि प्रर्दशनीसम्म बोर्डले अनुदान सहयोग गर्नेछ ।’ उनले भने ।

उनले चलचित्रका गतिविधिलाई कुनाकान्धारामा पुर्‍याउँने गरी बोर्डले माेफसल केन्द्रीत कार्यक्रम ल्याएको बताए । उनले काठमाडौ बाहिर दुइवटा प्रदेशमा चलचित्र महोत्सव गर्ने र सिनेमाको पहुच विस्तार र सक्षारता बढाउँन देशका विभिन्न क्षेत्रमा घुम्ते सिनेमा कार्यक्रम गर्ने जानकारी दिए ।

त्यस्तै बोर्डले सामाजिक जागरण ल्याउने खालका तीनवटा लघु चलचित्र निर्माण गर्ने बताए । उनले विभिन्न संघसंस्थाको सहयोगमा बोर्डले जातिय छुवाछुत र सामाजिक कुप्रथा विरुद्धका लघु चलचित्र निर्माण गर्ने जानकारी दिए ।

त्यस्तै उनले बोर्डले यस वर्ष लघु चलचित्र प्रतियोगिता गर्ने, स्टोरी बैंक मार्फत देशभरीबाट उत्कृष्ट कथाहरु छानेर चलचित्र निमार्ण गर्ने जस्ता कार्यक्रमहरु बोर्डले अघि सारेको बताए ।

बोर्डका प्रवक्ता बुढाथोकीले पहिलो पटक नेपालमा चलचित्र सम्बन्धी एक्सपो समेत गर्न लागिएको जानकारी दिए । चलचित्र सम्बन्धी सबैखाले प्रर्दशनी रहने गरी बार्डले यही वर्ष काठमाडौंमा चलचित्र एक्सपो गर्ने सुनाए । ‘फिल्मदेखि चलचित्र क्षेत्रसँग सम्बन्धीत सबै खाले कुराहरुको प्रर्दशनी गर्ने गरी चलचित्र एक्सपो गने योजना बनाएका छौं’ उनले भने ।

उनले बोर्डले राष्ट्रिय चलचित्र नीति–२०८० को प्रराम्भिर मस्यौदा तयार गरेको समेत बताए । उनले नेपाली चलचित्रलाई समय सापिक्ष बनाउन, नेपाली उद्योगको प्रवद्धन गर्न र अन्तराष्ट्रिय रुपमा बजार विस्तार गर्ने गरी ल्याउन लागिएको नीतिको खाका तयार गर्ने काम भइरहेको बताए ।

यसअघि बनेको राष्ट्रिय चलचित्र नीति–०७१ लाई परिमाजर्न गरेर चलचित्र नीति–२०८० ल्याउन लागिएको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com