२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

‘बगान’ ले १० दिनमा कमायो ७० लाख

सरोज खनाल निर्देशित फिल्म ‘बगान’ ले बक्स अफिसमा औसत व्यापार गरिरहेको छ।

फिल्मका निर्माता सुरेश वाग्लेका अनुसार फिल्मले ७० लाख ग्रस कमाइ गरेको छ। यो फिल्म गत असार २९ गतेदेखि प्रदर्शन भइरहेको छ।

उनले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार फिल्मको कमाइ सार्वजनिक गरेको बताएका छन्।

चलचित्र विकास बोर्डको तथ्यांकमा भने केही कम व्यापार देखिएको छ। केही हलमा बक्स अफिस सिस्टम लागू नभएको हुँदा कमाइ कम देखिएको बक्स अफिस अधिकृत प्रविण पाण्डेले बताए।

एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन्।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।

उत्सव दाहाल र नारायण जिसीले छायांकन गरेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन्। फिल्ममा समिर मियाँको भिएफएक्स, रेनिश फागोको कलर करेक्सन, सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर, मुकेश शाहको साउन्ड मिक्सिङ रहेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com