२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

दीपकराज गिरीपछि करिष्मा पनि बोर्डको बक्स अफिस आँकडा सार्वजनिक गर्ने शैलीको विरोधमा

काठमाडौँ –  चलचित्र विकास बोर्डले नेपालका हलमा चल्ने नेपाली तथा विदेशी चलचित्रको कमाइको आँकडा सार्वजनिक गर्न थालेको छ । भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष बनेपछि बोर्ड मिटिङबाट पारित गरेर नै बक्स अफिसको तथ्यांक सार्वजनिक हुन थालेको छ ।

बोर्डले वर्षान्तसँगै गत वैशाखमा वर्षभरिमा प्रदर्शन भएका चलचित्र र तिनले गरेको व्यापारको आँकडा सार्वजनिक गरेको थियो । यो लगत्तै दीपकराज गिरीले भुवन केसी लक्षित स्ट्याटस राख्दै नयाँ बोर्ड अध्यक्ष आएपछि गडबड नै गडबड भएको रोष प्रकट गरेका थिए । उनले आफ्नो फिल्मले विकास बोर्डले देखाएको तथ्यांकभन्दा धेरै नै व्यापार गरेको आसय प्रकट गरेका थिए ।

दीपकराज गिरीपछि करिष्मा मानन्धरले पनि चलचित्र विकास बोर्डले परिधिभन्दा बाहिर गएर काम गरेको बताएकी छिन् । उनले फिल्मको नयाँ आँकडा सार्वजनिक गर्दै लेखेकी छिन्, ‘ सरकारी तवरले नेपाली चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने संस्था चलचित्र विकास बोर्ड हो । विकास बोर्ड द्वारा नेपाली चलचित्र सम्बन्धि सार्वजनिक हुने समाचार तथ्यमा आधारित हुनुपर्छ होला । जबसम्म चलचित्र , चलचित्र भवनमा चलिरहेको हुन्छ , तबसम्म दर्शक तान्ने सम्भावना रहिरहेको हुन्छ ।

करिष्माले अगाडि लेखेकी छिन् ,  सिनेमा चलेको दुई दिनमै यति कमायो उति कमायो भनेर समाचार सार्वजनिक गर्नु विकास बोर्ड जस्तो जिम्मेवार निकायले गर्ने कुरा हो जस्तो लाग्दैन । सबै चलचित्र वृत मिलेर कानुनी रुपमै , जबसम्म चलचित्र, चलचित्र भवनबाट उत्रिँदैन तबसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने जस्तो देखियो ।  चलचित्र विकास बोर्ड, नेपाली चलचित्रको विकास र समर्थनको लागि स्थापना गरिएको हो । गलत समयमा सूचना प्रकाशित गर्न होइन । हामीलाई झुटो बोल्नु छैन र यो परिणाम प्रकाशित गरेका छौ ।’

करिष्माले चलचित्र विकास बोर्डले तथ्यमा आधारित रहेर तथ्यांक सार्वजनिक नगरेको र चलचित्र चलिरहँदा हैन उत्रिसकेपछि तथ्यांक सार्वजनिक गर्न उपयुक्त हुने सुझाव दिएकी छिन् । करिष्मा अभीनित बगानका अहिले फरक फरक कमाइका आंकडा सार्वजनिक भइरहेका छन् । विकास बोर्डमा ३८ लाखको आंकडा देखाइरहँदा निर्माण टिमले भने ७० लाख कमाएको आंकडा सार्वजनिक गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com