२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Janasewa News

बंगलादेशमा डेङ्गुका कारण १८५ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा यस वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्याया १८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डिएफएचएस) ले मङ्गलबार जनाएको छ ।

सङ्क्रमितको सङ्ख्या ३५ हजार २७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गुका कारण नौ जनाको मृत्यु भएको र यो महिना अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३८ पुगेको महानिर्देशनालयले पुष्टि गरेको छ ।

महानिर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत महिना पाँच हजार ९५६ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुु को सङ्क्रमण देखिएपछि जुलाईको पहिलो २४ दिनमा थप २७ हजार २९२ जनामा डेङ्गुुको सङ्क्रमण देखिएको थियो । यो अवधिमा ढाकामा एक हजार २३८ सहित दुई हजार २९३ जना नयाँ डेङ्गुका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस वर्षको जनवरी १ देखि जुलाई २४ सम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६२२ जना डेङ्गुका बिरामी घर फर्केका छन् ।

डेङ्गुुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com