२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

हराएका ३४६ मोबाइल फिर्ता

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका तीन सय ४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गराएको छ ।

मोबाइल हराएर प्रहरीमा उजुरी परेकाको खोजी गरी फेला पारिएका मोबाइल फिर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोबाइल फेला पारेर नयाँ सिम राखेपछि मोबाइल पत्ता लाग्ने गरेको छ । पत्ता लागेका मोबाइललाई सम्बन्धित धनीलाई बुझाइएको उनले जानकारी दिए ।

साउन महिना लागेपछि मात्रै २१ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । चोरी भएका मोबाइल भने मुद्दा दर्ता गरेर चोरी गर्ने व्यक्तिलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com