२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरूको टाउको दुख्योः सांसद पौडेल

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरुको टाउको दुखेको बताएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले र नेपाली कांग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेपछि सांसद पौडेलले भ्रष्टाचारका विभिन्न प्रकरणमा सरकारले छानबिन अगाडि बढाएको विषयमा टाउको नदुखाउन सांसदहरूलाई आग्रह गरे।

उनले सरकारले केही राम्रो काम गर्दा सांसदहरूले साथ दिनुपर्नेमा चिच्याएर अवरोध खडा गरेको बताएका हुन्।

ट्रान्सपरेन्सी इन्टरनेशनल  लगायतका विभिन्न निकायहरुको अनुसन्धानले देखाएको नेपालको भ्रष्टाचारको अवस्था र त्यस्तो अवस्थालाई सुधार गर्न सरकारले सकारात्मक काम गर्दा साथ दिनुपर्नेमा उल्टो राजीनमा मागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

‘ट्रान्सपरेन्सीको प्रतिवेदन नहेरेका हौं?,’ पौडेलेले भने, सरकारले केही राम्रो काम गर्न खोज्दा सांसदहरूले चिच्याएर रोक्न उद्वत हुन्छ भने कुन प्रकारको सुशासनको प्रत्याभूति नागरिकलाइ दिन चाहन्छौं?’

भ्रष्टाचारमा सानो ठूलो माछा नहुने पनि पौडेलको भनाइ छ। ‘माछो ठूलो सानोको प्रसँग होइन, दोषीको कुरा हो। दोषीलाई कारबाही गर्दा सांसदहरू खुसी हुनुपर्ने हो नि।’

पौडेलले भ्रष्टाचारविरूद्ध चालेको कदमप्रति सरकारलाई बधाई तथा शुभकामना दिँदै यो अभियानमा कसैको अनुहार नहेरि अगाडि बढ्न आग्रहसमेत गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com