२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

देश छाडेर भागेकी इरानी चेस खेलाडीलाई स्पेनको नागरिकता

काठमाडौँ- अनिवार्य रुपमा लगाउनु पर्ने हिजाब नलगाएरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी इरानी चेस खेलाडी सारा खादेमले स्पेनको नागरिकता प्राप्त गरेकी छन् ।

इरानमा हिजाबलाई लिएर प्रदर्शन चलिरहँदा गत डिसेम्बरमा कजाकस्तानमा चेसको विश्वकपमा २६ वर्षीया चेस ग्रान्डमास्टर साराले हिजाब बहिस्कार गरेकी थिइन् । इरानी महिलालाई हिजाब प्रयोग अनिवार्य गरिएको छ ।

हिजाबको नियम उल्लंघन गरेकी सारा प्रतियोगितापछि श्रीमान र छोरासहित स्पेन पुगेकी थिइन् । उक्त समयमा इरानमा महिलाको लुगा लगाउनु विषयमा देशव्यापी विरोध प्रदर्शन भइरहेको थियो । साथै २२ जना पक्राउ परेका थिए ।

सारालाई स्पेनको नागरिकता प्रदान गरिएको स्पेनका न्याय मन्त्री पिलार लोपले जनाएको अल-जजिराले उल्लेख गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com