२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा सो बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो । पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरूले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु भएको र त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आइतबार (भोलि) पनि पदाधिकारी बैठक बोलाइएको पार्टीका सचिव चक्रपाणी खनालले जानकारी दिए ।

बैठकमा पार्टीको केन्द्रीय कार्य समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई त्यसका एजेण्डाहरू टुंगो लगाउने विषयमा पनि नेताहरूबीच सहमति भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटाली जानु अघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरूलाई दिएको थियो । सोही प्रतिवेदनको मस्यौदामाथि आजको बैठकमा छलफल सुरु गरिएको छ । नेताहरूको सुझावहरूलाई समेत समेटेर अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिने माओवादी केन्द्रले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com