२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

फाइल तस्विर ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला ओली बालुवाटार गएको ओलीको सचिवालयले जनाएकाे छ ।

आइतबार पनि ओलीले प्रचण्डलाई भेटेर परिषद् बैठक डाँकी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन दबाब दिएका थिए ।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदापनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेको छैन । जसका कारण फेरि सर्वोच्च कामूको भरमा चल्ने वातावरण सिर्जना भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com