२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

संसद्को अवरोध खुलाउन सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

कार्यव्यवस्था समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

‘सदनको अवरोध खुलाउन सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गर्नुभएको छ,’ उनले भने, ‘सदन अवरूद्ध हुँदा जनताको आवाज अवरूद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभयो।’

सभामुखले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराएको घिमिरेको भनाइ छ।

सुन काण्डबारे जाँचबुझ गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरूद्ध गर्दै आएको छ।

प्रमुख प्रतिपक्षीको अवरोधका कारण साउन १० गतेदेखि सदन चल्न सकेको छैन।

आज पनि एमालेले अवरोधको तयारी गरिरहँदा सदन सञ्चालन गर्न सभामुखले तदारूकता देखाएका हुन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com