२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद

काठमाडौँ- सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरूको उमेर हद हटाएको छ । काठमाडौँमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो ।

यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टीको नेतृत्व लिन अब उमेर हदको तगारो हटेको छ । समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् बैठकले पारित गरेको हो ।

यस बैठकले केन्द्रदेखि तल्लो तहसम्मका कमिटीका पदाधिकारी र सदस्यहरू सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थासहित विधान पनि संशोधन गरेको छ ।

समाजवादीले अब केन्द्रीय कमिटी १९९ जनाको हुने निर्णय पनि गरेको छ । समाजवादीले केन्द्रीय पदाधिकारी १९ सदस्यीय हुने जनाएको हो ।

समाजवादीले प्रदेश कमिटी ७५ देखि ९९ सदस्यीय बनाउने गरी विधानमा व्यवस्था गरेको छ । प्रदेश कमिटी पदाधिकारी ७ सदस्यीय हुने बताइएको छ ।

समाजवादीको जिल्ला कमिटी ५५ सदस्यीय हुने भएको छ । जिल्लाका पदाधिकारी पनि ७ जनाको कायम गरिएको छ ।

समाजवादीले एक भन्दा धेरै संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा भने त्यो संख्या बढ्ने जनाएको छ । समाजवादीको गाउँ/नगरपालिका कमिटी ४५ सदस्यीय हुने गरी व्यवस्था गरिएको छ । कुनै पालिकामा ५ भन्दा धेरै वडाहरू भएको अवस्थामा २ जना थप्दै लगिने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com