२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

विधान संशोधन गरेर केन्द्रीय सदस्य थप्ने माओवादीको निर्णय

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रले विधान संशोधन गरेर केन्द्रीय सदस्य थप गर्ने निणर्य गरेको छ ।

३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गर्न विधान संशोधन गर्ने माओवादीको तयारी छ । पार्टी कार्यालय पेरिसाडाँडामा आज बिहान बसेको पदाधिकारी र स्थायी समिति बैठकले विधान संशोधन गरेर केन्द्रीय सदस्य थप गर्ने निणर्य गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महाराले केन्द्रीय समितिबाट विधान संशोधन गरी थप हुने केन्द्रीय सदस्यमा महिला र युवालाई प्राथमिकता दिने जानकारी दिए । साथै छुटेका केही सिनियर नेतालाई पनि केन्द्रीय समितिमा समेटिने उनले जनाए ।

‘अस्ति पदाधिकारीको बैठकमा लाइभ गर्ने भन्ने थियो । स्थायी कमिटीमा नगर्ने भन्ने निणर्यमा पुग्यौँ,’ उनले भने, ‘केन्द्रीय कमिटी निर्माणमा केही विधान विपरीत काम भएका छन् । त्यस कारणले विधान आज संशोधन गरेर भोलिदेखि थप केही विशेष गरेर महिला, समावेशी, युवा, छुटेका सिनियर साथीहरुलाई ल्याउने कुरा भएको छ । को ल्याउने कुरा भएको छैन ।’

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनसमेत पदाधिकारी र स्थायी समिति बैठकले पारित गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्ने उक्त राजनीतिक र सांगठनिक प्रतिवेदनलगायतका विषयमा सबै केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।

यस्तै, केन्द्रीय समिति बैठक लाइभ गर्ने तयारीमा रहेको माओवादी उक्त निणर्यबाट पछि हटेको छ । पार्टीका नेताहरुले दबाब दिएपछि आज बसेको पदाधिकारी बैठकले लाइभ नगर्ने निणर्य गरेको हो । यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले लाइभ गर्ने निणर्य गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com