२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सुदूरपश्चिममा तीन मन्त्रीले लिए सपथ, कार्यभारसमेत आजै सम्हाले

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारमा आज दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन् ।

यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र नेपाली कांग्रेसबाट शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्ति गरिएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीद्वयलाई सपथ ग्रहण गराएका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाटै राज्यमन्त्री नियुक्ति भएका कैलाश चौधरीलाई मुख्यमन्त्री कमल बहादुर शाहले सपथ ग्रहण गराएका छन् ।

नव नियुक्त मन्त्रीहरुले आजै मन्त्रालय पुगेर कार्यभार समेत सम्हालेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com