२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

सुन तस्करीमा म संलग्न छैन, त्यो मोबाइल नम्बर मेरो होइन् : महरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले आफु सुन काण्डमा संलग्न नभएको बताएका छन् ।

चिनियाँ व्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप)मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन् ।

उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन् ।

‘केहि दिन यता सञ्‍चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइहेको बिषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु’ महराले भनेका छन् ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com