२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं – संवैधानिक परिषद् बैठक जारी रहेको छ। बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की चार दिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्ने तयारी गरेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन्। मंगलबार बसेको बैठक निष्कर्ष बिनै टुंगिएकोमा आज पुन: छलफल जारी रहेको हो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com