२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

सुन तस्करी प्रकरणमा अनुसन्धानको नेतृत्व सीआईबीले लिने

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक सय किलो सुन तस्करीको अनुुसन्धानको नेतृत्व गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अब सीआईबीले सुन तस्करीको अनुसन्धानको नेतृत्व लिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् ।

राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेका बेला अब सीआईबीलाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । सीआईबीलाई निर्देशन दिनुअघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यसँग छलफल गरेका थिए ।

सुन तस्करीको मुख्य अभियुक्त जोगाउन सरकार लागि परेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले छानबिनको नेतृत्व लिन सीआईबीलाई निर्देशन दिएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com