२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

केन्द्रीय सदस्यले उठाएका प्रश्‍नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि आज सकिन्छ ५ दिने बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् ।

गत बुधबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकि पछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

हालसम्म माओवादीका झन्डै २ सय केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । पार्टी नेतृत्वको चर्को आलोचनासहित नेताहरूको सम्पति छानबिनसम्म बहस भएका छन् ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com