२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

माओवादीको केन्द्रीय कमिटी बैठक १ बजेदेखि, त्यसअघि पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सक्ने तयारी छ।

पाँच दिनका लागि तय भएको केन्द्रीय कमिटीको आज अन्तिम दिन हो। तर, केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम भने सकिएको छैन।

आज सम्भवतः अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सकिने माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

‘अध्यक्षले जवाफ दिएर आजै बैठक सक्ने तयारी छ,’ उनले भने।

त्यसबारेमा पदाधिकारी बैठकले निर्णय गर्नेछ।

केन्द्रीय कमिटी बैठकको समय थप गर्ने नगर्ने विषयमा निर्णय लिन बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ।

यसपालिको बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने भनेपनि ४०७ केन्द्रीय सदस्यमध्ये शनिबारसम्म २२१ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्।

शनिबार उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरूले बोलेका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com