२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

पोलिसी ह्याकथनका लागि कांग्रेसले माग्यो अवधारणापत्र

काठमाडौं । नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दुईवटा विषयमा नीतिगत प्रतिस्पर्धा अर्थात् पोलिसी ह्याकथन कार्यक्रम आयोजना गरेको छ ।

पोलिसी ह्याकथनका लागि दुईवटा विषय छनोट गरेर कांग्रेसले शनिबारदेखि नै अवधारणापत्र आह्वान गरेको छ । सहमहामन्त्री जीवन परियारका अनुसार ४० वर्षसम्मका नीति विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश तथा विदेशमा बस्ने विद्यार्थीको ३ देखि ५ जनाको समूह बनाएर पोलिसी ह्याकथनमा सहभागी हुन सक्नेछन् । उनीहरुले गिग इकोनोमी र क्लाइमेट एक्सनमध्ये एउटा विषयमा ३ देखि ५ हजार शब्दमा आफ्नो नीतिपत्र (अवधारणापत्र) पठाउन सक्नेछन् ।

अवधारणापत्रमा आफूले उठान गरेका विषयको अवस्था विश्लेषण, नीतिगत समस्या र चुनौती तथा समाधानका उपाय समावेश हुनुपर्नेछ । त्यसपछि प्राप्त अवधारणापत्रमध्येबाट भदौ ५ गतेसम्म १० वटा वटा अवधारणापत्र सर्टलिस्ट गरिने र प्रत्येक टोलीलाई सल्लाहकार (मेन्टर) को व्यवस्था गरिने युवा संयोजक सचिन तिमल्सिनाले जानकारी दिए ।

यी छानिएका १० टोलीले मेन्टरको सहयोगमा लिखित नीतिपत्रमा आधारित प्रस्तुति दिनुपर्नछ । १० गते हुने कांग्रेस पार्टी कार्यालय सानेपामा हुने फाइनल कार्यक्रममा निर्णायक मण्डलका निर्णयका आधारमा विजेता पनि घोषणा गरिने उनले बताए । युवालाई नीति निर्माणमा जोड्न र नीति निर्माण प्रक्रियाको दायरालाई अझै फराकिलो बनाउन यो कार्यक्रम आयोजना गरिएको तिमल्सिनाले बताए ।

उक्त ह्याकथनमा पहिलो हुनेले ३ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष टोलीको नीतिपत्र र विचार कांग्रेसको संसदीय दलभित्र छलफल गर्ने र नीति निर्माणका क्रममा कांग्रेसले ग्रहण गर्ने सहमहामन्त्री जीवन परियारले बताए ।

कांग्रेसको विज्ञप्ति

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com