२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

दोषी देखिए महराजी मात्र होइन मलाई पनि हत्कडी लगाए हुन्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टचारका कुनै पनि प्रकरणमा दोषी देखिए आफू जेल जान तयार रहेको बताएका छन्।

सोमबार नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश भेलामा बोल्दै प्रधामन्त्री प्रचण्डले सुन काण्ड लगायत प्रकरणमा आफू दोषी देखिए जेल जाने बताएको केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए।

‘सुन प्रकरणमा महराजीको नाम विभिन्न मिडियाले लेखेका छन्। यसबारे छानबिन गर्न प्रहरी स्वतन्त्र छ। उसले दोषी देखाएमा महरामात्रै होइन मलाईसमेत हत्कडी लगाए हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै चौलागाईंले भने,‘प्रधानमन्त्रीले त्यसो भन्दै गर्दा हलले गडगडाहड ताली लगाएको थियो।’

विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा मुछिएका छन्।

उनीहरूले पक्राउ परेका चिनियाँ व्यापारीसँग पटक-पटक टेलिफोन सम्पर्क गरेको तथ्य नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com