२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका मेयर बालेनले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

सरकारका केही मन्त्रीहरूसमेत सहभागी उक्त छलफल काठमाडौँको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा छलफल भएको बताइएको छ ।

हालैमात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरूलाई समेत बोलाएर बैठक राखेका हुन् ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।

बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी थिए । बैठक करिब डेढ घण्टा चलेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com