२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

जोकोभिचले जित २४औं ग्राण्ड्सलाम उपाधि, मारगरेटको कीर्तिमानसँग बराबरी

२५ भदौ, काठमाडौं । नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्सलाम टेनिस यूएस ओपनको उपाधि जित्दै २४औं उपाधिको कीर्तिमान बराबरी गरेका छन् ।

३६ वर्षीय जोकोभिचले सोमबार बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसियन ड्यानिएल मेदभेदेवलाई ६-३, ७-६ (७-५), ६-३ ले पराजित गर्दै यूएस ओपनको उपाधि जिते ।

यो उनको करियरको २४औं ग्राण्ड्सलाम उपाधि हो । यो उपाधिपछि जोकोभिचले मारगरेट कोर्टको नाममा रहेको २४ ग्राण्ड्सलाम उपाधि जित्ने कीर्तिमान बराबरी गरेका छन् ।

‘यो निश्चय पनि मेरो लागि सारा विश्व हो,’ २४औं उपाधि जितेपछि जोकोभिचले भने ।

जोकोभिचले आफूले कहिल्यै पनि यहाँसम्म पुग्ने भनेर नसोचेको तर पछिल्लो केही वर्षमा भने इतिहासमा नजर रहेको र किन यो अवसर सदुपयोग नगर्ने भनेर सोचेको बताए ।

वर्षको सुरुमा अष्ट्रेलियन ओपन जित्दै राफेल नाडललको २२ ग्राण्ड्सलामको कीर्तिमान बराबरी गरेका जोकोभिचले फ्रेन्च ओपन जितेर नाडलको कीर्तिमान तोडेका थिए । विम्बलडन ओपनमा उनलाई मारगरेटको कीर्तिमान बराबरी गर्ने अवसर रहेपनि फाइनलमा पराजित भए । तर, यूएस ओपन जित्दै उनले मारगरेटको कीर्तिमान बराबरी गरेका हुन् ।

यस वर्ष जोकोभिचले चारमध्ये तीन ग्राण्ड्सलाम उपाधि जिते ।

उनले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com