२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद होइनः अर्जुन नरसिंह केसी

काठमाडौँ – नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताएका छन् ।

बुधबार नेपाल भारतमैत्री समाजको आयोजनामा ७६ औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले बि.सं. २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र काँग्रेसको विरोध गर्नु हो भन्ने भाष्य बनेको बताए । अहिले पनि कहिलेकाहीँ भारतको विरोध गर्नु नै नेपालको राष्ट्रवाद हो भनि सम्झिने गरिएको भन्दै त्यो गलत भएको बताए । उनले कुनै राष्ट्रको बिरोधमा नभई आफ्नो राष्ट्रको पक्षमा उभिनुपर्ने बताए । उनले नेपाल–भारत बीचको सम्बन्धलाई अझै सशक्त र मजबुत बनाउनुपर्ने बताए । उनले भारतीय स्वतन्त्रता संग्रामले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि अद्वितिय योगदान दिएको बताए ।

उनले भने, ‘खासगरेर १७ सालपछिको एउटा परिस्थिति यसरी जन्मियो तत्कालिन पञ्चायती व्यवस्थाको विरोधमा सशस्त्र संघर्षदेखि विभिन्न प्रकारका संघर्षका निम्ति भारतीय क्षेत्रलाई आधार बनाएर हाम्रो नेता सुवर्ण समशेर लगायत बसेको स्थितिमा तत्कालिन परिवेश के भयो भने नेपालको राष्ट्रवाद भनेको नै भारत विरोधवाद र काँग्रेस विरोधवादको रुपमा जन्मियो । त्यसकारण हामी कहिलेकाहीँ भारत विरोधवाद नै नेपालको राष्ट्रवाद हो कि भनेर सम्झन्छौँ त्यो होइन । संसारमा कुनैपनि राष्ट्रको बिरोध होइन आफ्नो समर्थनमा हरेक राष्ट्र उभिन्छ । हरेक राष्ट्रको राष्ट्रिय अस्तित्वको निम्ति पहिलो उसको चासो हुन्छ । छिमेकी भन्दा । हुनत भारतीय नीति अहिले छिमेकी पहिलो भन्ने छ । त्यो दृष्टिकोणले अहिले जुनखालको परिवेशहरु निर्माण भएको छ, त्यसलाई अझ सशक्त, मजबुत कसरी बनाउन सक्छौँ ? र भारतीय स्वतन्त्रता संग्रामले नेपालको प्रजातान्त्रिक आन्दोलनमा दिएका अद्वितिय योगदानहरु त मैले अघि नै पनि बताए । र भारतीय स्वतन्त्रता संग्रामको निम्ति नेपालीहरुले योगदान दिएको कुरा पनि भनेँ । त्यतिमात्र त्यसले गरेन । विश्वव्यापी रुपबाट अहिंसा र सत्यको शक्ति कति छ ? ब्रिटिस साम्राज्य जहाँ कहिल्यै सूर्य अस्ताउँदैन भनिन्थ्यो, त्यो साम्राज्यलाई हराउन सक्ने शक्ति हुन्छ भन्ने अहिंसाको सन्देश अहिंसात्मक ढंगले, नैतिक बलले पनि हामी विजय प्राप्त गर्नसक्छौँ भन्ने सत्यको सन्देशको पनि यो संग्राम प्रेरणाको रुपमा हामी लिनसक्छौँ ।’

उनले नेपाल–भारत बिचको सम्बन्ध राजनीतिक बन्धनले मात्रै बाँधिएको नभई धर्म, संस्कार, संस्कृति, परम्परा र आपसी मान्यताहरुबाट एक अर्कामा जोडिएको बताए । उनले दुई देशका बीचमा देखिएका समस्याहरुलाई पारस्परिक आत्मविश्वासका साथ सहअस्तित्व र सहसम्मानको बाटोबाट हल गर्नुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com