२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

‘जुलेबी’ १६ वर्ष मुनिका दर्शकले हेर्न नपाउने

काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहीबार फिल्मलाई एडल्ट प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । यो प्रमाण पत्रसँगै फिल्म १६ वर्ष मुनिकालाई हेर्न बन्देज लागेको छ ।

रत्नपार्कको वरिपरि रहने यौनकर्मीको कथामा बनेको फिल्मका कार्यकारी निर्माता नवीन भट्ट हुन् । एन्थोलोजी जनरामा बनेको फिल्ममा गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।

फोरक्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षित लगायतको अभिनय छ ।

फिल्मकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको फिल्मको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।

विवेक खड्काको छायाङ्कन, कोसिस क्षेत्रीको सङ्गीत, अन्जय खड्काको सम्पादन रहेको फिल्म डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com