२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

कांग्रेस काठमाडौं – १ बाट को-को भए महासमिति सदस्यमा निर्वाचित ?

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं १ ले  महासमिति सदस्य चयन गरेको छ । कांग्रेस काठमाडौं १ को क्षेत्रीय सम्मेलनले शनिबार निर्वाचनमार्फत महासमिति सदस्य चयन गरेको हो । सर्वसम्मतको प्रयास असफल भएपछि क्षेत्रीय सभापति प्रकाश विक्रम राणा बाहेकमा निर्वाचन भएको थियो ।

जसमा महासमिति सदस्यमा प्रबल थापा, सुरज चन्द्र लामिछाने अम्बिका सुवेदी शम्भु तामाङ इन्दु थापा, मोहन कुमार राई, रेणु दाहाल भट्टराई दिपेन्द्र श्रेष्ठ, लिलेन्द्र प्रधान र सारदा लामा निर्वाचित भएका छन् ।

वडा नं २९ का वडा अध्यक्षसमेत रहेका कुश ढकाल, नेता सुरज काफ्ले र राजेन्द्र गुरुङले राम्रो मत ल्याए पनि पराजित भएका छन् । कांग्रेसले आगामी मंसिर १३,१४ र १५ मा महासमिति बैठक तय गरेपछि महासमिति सदस्यको निर्वाचन भइरहेको छ । १४ औं महाधिवेशनताका सबै ठाउँमा महासमिति सदस्यको चयन हुन सकेको थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com