२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सात प्रदेशमा गर्ने कार्यक्रमबारे समाजवादी मोर्चाको बैठक

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपासहितको चार दलीय ‘समाजवादी मोर्चा’को बैठक आज बस्ने भएको छ ।

बैठक साँझ ६ बजे बस्ने गरी बोलाएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्नेछ ।

गुरुङका अनुसार बैठकमा सातै प्रदेशमा गर्ने भनिएको कार्यक्रमको स्वरूप, मिति र स्थानबारे छलफल हुनेछ । यसअघि मोर्चाले साउन १२ देखि २२ सम्म सातै प्रदेशमा मोर्चाको सन्देश आम जनतासमक्ष पुर्याउन कार्यक्रम गर्ने जनाए पनि सो अनुसार कार्यक्रम त गर्न सकेको थिएन ।

यसअघि साउन पहिलो साता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले मोर्चाको आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने नेताहरूले बताएका थिए ।

चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com