२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

प्रतिनिधिसभाको आगामी बैठक सहज रूपमा सञ्चालन हुन्छ : माधव सापकोटा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिनिधिसभाको आगामी बैठक सहज रूपमा सञ्चालन हुने दाबी गरेका छन् ।

आइतबार संसद् बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले सदनको अवरोध हटाउन दलहरूबीच निरन्तर छलफल भएकाले मध्यमार्गी विकल्प तय गरेर आगामी बैठक सहज रूपमा सञ्चालन हुने दाबी गरेका हुन् । उनले एमालेले सधैं अडान लिएर मात्रै नहुने भन्दै सोमबार बस्ने दलहरूको बैठकमा केही न केही सहमति हुने उल्लेख गरे ।

सापकोटाले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्ने र सिआइबीले मुद्दाको अभियोजन नगर्दासम्म अरु समिति पनि नबन्ने जिकिर गरे ।

सांसद सापकोटाले लगातार सदन अवरुद्ध हुँदा त्यसले पारेको असर प्रति प्रतिपक्षी गम्भीर बन्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com