२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Janasewa News

जब विश्वकप जिताएपछि मात्र कार्मोनाले थाहा पाइन् बुवा बितेको

काठमाडौँ- स्पेनलाई फिफा महिला विश्वकपको उपाधि दिलाउन निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाले फाइनल खेलपछि मात्र बुवा वितेको खबर पाइन् ।

अस्ट्रेलियामा आइतबार सम्पन्न फाइनलमा इंग्ल्यान्डलाई १-० ले पराजित गर्दै स्पेनले उपाधि जित्दा कप्तान कार्मोनाले निर्णायक गोल गरेकी थिइन् ।

रोयटर्सले जनाएअनुसार कार्मोनाका बुवा लामो समयदेखि बिरामी थिए र उनको शुक्रबार नै निधन भएको थियो ।

तर फाइनल खेलपछि मात्र स्पेनिस फुटबल एसोसियसनले २३ वर्षीया कार्मोनालाई बुवाको निधन भएको जानकारी गराएको थियो ।

स्पेनिस क्लब रियल मड्रिडकी लेफ्ट-ब्याक कार्मोनाले खेल हुनुअगाडि आफूलाई बुवाको निधनबारे जानकारी नभएपनि आफूलाई जहाँ भएपछि हेरेको तथा आफूमाथि गर्व महसुस गरेको हुनुपर्ने सामाजिक सञ्जालमा लेखेकी छन् ।

स्पेनिस संचारमाध्यम रेलेभोले जनाएअनुसार कार्मोनाका परिवार र साथीहरुले फाइनलअघि उनलाई यसबारे जानकारी नगराउने निर्णय लिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com