२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा गर्न माग गर्दै धरानमा प्रदर्शन

काठमाडौँ- सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरूले प्रदर्शन गरेका छन् ।

शनिबार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तिपूर्ण र्याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरू तरहराको पानीपियामा आन्दोलित भएका हुन् । शुक्रबार मध्यरातिदेखि धरानमा निषेधाज्ञा जारी गरिएको छ ।

हिन्दु धर्मावलम्बीहरूको प्रदर्शनलाई निषेधाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्यालीमा हजारौं सर्वसाधारण सहभागी छन् । धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रूपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो ।

हिन्दु धर्मावलम्बीहरूले गाई, गोरुलाई आस्थाका साथ पूजा गर्ने गर्दछन् । एक धर्मावलम्बीहरूले अर्को धर्मावलम्बीहरूको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यति बेला आन्दोलन चर्किँदै गएको छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com