२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

नेपाली चेस खेलाडी आइतबार यूएई प्रस्थान गर्ने

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भाद्र ११ गते देखि १७ गते सम्म दुबईमा हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी आइतबार दुबई जाने भएका छन् ।

पाँचौँ राष्ट्रिय एमेच्योर चेस प्रतियोगिताका विजेताहरु आशिष फुयाल र कुसुम पाण्डेसँगै धन बहादुर बोगटी, राजिव कार्की, जित बहादुर केपछाकी, गोविन्दमान श्रेष्ठ र भोजराज चौलागाईले प्रतियोगितामा सहभागिता जनाउने भएका हुन् ।

आषिश फुयाल २००० रेटेडतर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीहरुले १७०० मुनिको रेटिङमा प्रतिस्पर्धा गर्नेछन् ।

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले विदाई गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com