२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सुन तस्करीसहितका सबै विषयमा समितिमा छलफल हुन्छ : नवनिर्वाचित सभापति खतिवडा

काठमाडौँ- संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।​

सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले खतिवडा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने बताए ।

उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।​

नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरूले सोही अनुसारको कार्ययोजना बनाएर अघि बढ्ने समेत बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com