२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

छानबिन गर्दा दोषी देखिए प्रचण्डलाई पनि नछाड्न सीआईबीलाई भनेको छु : प्रधानमन्त्री

सुर्खेत – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा प्रचण्डसहित माओवादीका नेताहरु दोषी देखिए नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबीलाई भनेको बताएका छन् ।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईवीलाई दबाब नदिएको बताउँदै दोषी देखिए आफ्ना नेता र प्रचण्डलाई समेत नछाड्न भनेको बताए ।

‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गर्दाजाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com