२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

भ्रष्टाचारविरुद्ध अभियानमा प्रधानमन्त्रीलाई सहयोग गर्छु : विप्लव

सुर्खेत- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भ्रष्टाचारविरुद्ध लड्न साथ दिने बताएका छन् ।  समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको सभामा बोल्दै उनले भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्ने बताएका हुन् ।

उनले संसदीय व्यवस्था त्याग्दै वैज्ञानिक समाजवादको दिशा तय गर्नुपर्ने पनि जिकिर गरे । प्रतिगामी र पश्चगामी तत्त्वहरूले नेपाली जनतामा भ्रम फिजाइरहेको बताउँदै उनले यही परिस्थितिलाई ध्यानमा राख्दै सुसंगठित मोर्चा आवश्यक ठानेर समाजवादी मोर्चा बनाएको उल्लेख गरे ।

‘क्रान्तिबाट हासिल भएको परिवर्तनको रक्षा गर्नु, देशलाई २१ औं शताब्दीमा उपनिवेशमा पार्न खोज्ने तत्त्वविरुद्ध लड्न स्वाधीनताको रक्षा गर्नु मोर्चाको प्रमुख उद्देश्य हो,’ उनले भने । सामन्तवादलाई पछारे पनि जनयुद्धको सपना पूरा नभएको उनकाे भनाइ छ । ‘आजको क्रान्तिको रक्षा र क्रान्तिको पूर्णताका लागि समाजवादी मोर्चा बनेको हो । आजको संसदीय व्यवस्था रहेसम्म नेपाल सफल हुन सक्दैन,’ उनले भने ।

नेपाललाई यहाँसम्म पुर्याउने माओवादी नै रहेको विप्लवकाे दाबी छ । ‘नेपाली जनताको त्याग र नेताहरूको योग्दानले मुलुक परिवर्तन भएको छ,’ उनले भने, ‘मोर्चाभित्रका दलका आफ्नै उद्देश्य छन्, तर विश्व राजनीतिक ध्रुवीकरणले नेपालमा प्रभाव पार्दैछ । यसले देशमा जटिल परिस्थिति निम्त्याएको छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com