२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

हाम्रो पार्टी जन्मिदा सबै उत्साहित भएका छन् : माधवकुमार नेपाल

दमौली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आफ्नो पार्टी तारा जस्तै चम्किने दावी गर्नुभएको छ ।

शनिबार तनुहँको दमौलीमा तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफू र आफ्नो पार्टीले इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो।

साथै उहाँले एकीकृत समाजवादी पार्टी गठन भएसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताउनुभयो ।

इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन् पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो, हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।”

अध्यक्ष नेपालले गोरखा, लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गर्दै भन्नुभयो, “तीनवटै जिल्लाको एकीकृत विकासका लागि सरकारको ध्यानाकर्षण गराउँछु । अध्यक्ष नेपालले समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने सङ्कल्प लिएको बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com