२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

एमसिसी टेबल गर्न गठबन्धनका सबै प्रमुख दल तयार

लामो वादविवादपछि सत्ता गठबन्धनका सबै दलहरू एमसिसी प्रतिनिधिसभामा टेबल गर्न तयार भएका छन्।

नेकपा माओवादी केन्द्रका एक नेताले उनको पार्टी पनि एमसिसी संसदमा टेबल गर्न दिन तयार भएको बताए।

‘गठबन्धनका अरू सबै दल तयार देखिएपछि हामीले मात्र रोकेर भएन,’ ती नेताले भने, ‘अहिले गठबन्धनको बैठकबाट टेबल गर्ने विषयमा निर्णय हुन्छ होला।’
प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले पनि आज एमसिसी प्रतिनिधिसभामा टेबल हुने सहमति हुने बताए।

उनले भने, ‘कदाचित एमसिसी टेबल भएन भने त्यही क्षणबाट गठबन्धन बिसर्जन हुन्छ।’

आफूहरूले यो सन्देश गठबन्धनका नेताहरूलाई दिइसकेको पनि उनले दाबी गरे।

कबलष्mबलअष्त
एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज एमसिसी टेबल हुन दिनुपर्ने पक्षमा उभिइसकेको भन्दै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि त्यसमा मनाउने बचन उहाँले दिनुभएको छ।’

पाँच दलीय गठबन्धनमध्ये चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा भने एमसिसीको विपक्षमा छ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्नि सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्।

उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने बताइएको छ। आजै १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन्।

सत्ता गठबन्धनभित्र एमसिसी टेबल गर्ने विषयमा विवाद रहँदै आएको छ। एकीकृत नेकपा समाजवादीले शनिबार एमसिसी टेबल हुन दिने निर्णय गरे पनि पार्टीभित्र विवाद छ।

वरिष्ठ नेता झलनाथ खनालको समूहले एमसिसी यथाअवस्थामा टेबल हुन दिनु हुँदैन भन्ने पक्षमा छ। नेकपा माओवादी केन्द्रले एमसिसी टेबल गर्न नदिने भनिरहेको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com