२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

सिट बाँडफाँट टुंग्याउन शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

सिट बाँडफाँट टुंग्याउन शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

जनसेवा न्युज जनसेवा संवाददाता

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो ।

बैठकमा सात वटै प्रदेशको सिट बाँडफाँट टुंगो लगाउने कार्यदलका सदस्य रकम चेम्जोङले रातोपाटीलाई बताए । उनका अनुसार मंगलबार बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो ।

उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । सातै प्रदेशमा सबै दलले आफ्नो दाबी पनि राखेको चेम्जोङको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com