२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

निर्वाचित भएको सय दिन : के–के छ रवि लामिछानेले घोषणा गरेको विशेष कार्यक्रममा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् ।

बुधबार चितवनमा आयोजित कार्यक्रमकाबीच लामिछानेले निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् ।

घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा बुधबारबाटै निःशुल्क सञ्चालन सुरु भएको छ । लामिछानेले निर्वाचनको समयमा घोषणा गरेको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा कार्यान्वयनमा ल्याएको जनाएका छन् ।

लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरे । त्यस्तै पैसठ्ठी वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ । सो क्रममा लामिछानेले आफूले सुरु गरेका कार्यक्रमहरुलाई निरन्तरतामा ध्यान दिइने बताए । लामिछानेले योजनाबद्ध ढंगले आफूले घोषणा गरेका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउने जिकिर गरे ।

लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताएका छन् । लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो । उपनिर्वाचन भएर दोस्रो पटक निर्वाचित भएको बुधबार एक सय दिन पुगेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com