२०८१ बैशाख ३० - Sun May, 2024 -

Janasewa News

भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन जोडेको हो ।

भारतका लागि हार्दिक पाण्डेयले ८७ र इसान किसानले ८२ रन बनाउनुबाहेक अरु ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रउफले समान ३/३ विकेट लिए ।

कमजोर सुरुवात गरेको भारतका रोहित शर्मा ११, शुभमन गिल १० र विराट कोहलीले जम्मा ४ रन जोडेका थिए । त्यस्तै श्रेयस एयरले १४, रविन्द्र जडेजाले १४, जसप्रित बुम्राहले १६, कुलदिप यादवले ४ र शार्दुल ठाकुरले ३ रन लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com