२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको छ : गृहमन्त्री

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन् ।​

शनिबार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने जिकिर गरे । आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने बताए । उनले आज जातीय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, विग्रह फैल्याउने खतराहरू पनि देखिरहेको दाबी गरे ।

गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको उल्लेख गरे । उनले सरकारले भ्रष्टाचार विरोधी र दण्डहीनता विरोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताए । उनले नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानका निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आफन्तको, बालबच्चाको साथमा र आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु अहिलेको आवश्यकता भएको बताए । उनले सुशासन स्थापित नगरी समृद्धिलाई तीब्रता प्रदान गर्न नसकिने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com