२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

युरो कप छनोटः युक्रेनसँग इंग्ल्यान्डको बराबरी

काठमाडौँ- युरो कप छनोटअन्तर्गत इंग्ल्यान्डले युक्रेनसँग बराबरी खेलेको छ ।

समूह ‘सी’ अन्तर्गत पोल्यान्डको स्टेडियन मिजस्की रोक्लमा शनिबार राति भएको खेलमा इंग्ल्यान्डले युक्रेनसँग १-१ गोलको बराबरी खेलेको हो ।

युक्रेनमा रुसको आक्रमण जारी रहँदा खेल पोल्यान्डमा खेलाइएको हो ।

ओलेक्जान्डर जिनचेन्कोले २६ औँ मिनेटमा युक्रेनलाई सुरुवाती अग्रता दिलाएपनि इंग्ल्यान्डका कायल वाकरले ४१ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

छनोटअन्तर्गत अघिल्ला चार खेल जितेको इंग्ल्यान्डको यो पहिलो बराबरी हो ।

युरो कप छनोटको अन्य खेलमा स्विडेनले इस्टोनियालाई ५-०, बेल्जियमले अजरबैजानलाई १-० ले पराजित गर्दा इटालीले नर्थ म्यासेडोनियासँग १-१ को बराबरी खेलेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com