२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

नेम्वाङको असामयिक निधनको खबरले मर्माहत छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । गएराति करिब १ बजे हृदयघात भएपछि मृत्यु भएका नेम्वाङलाई श्रदाञ्जली अर्पण गर्दै आफू मर्माहत भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

हृदयघात भएपछि त्रिवि शिक्षण अस्पतालमा नेम्वाङलाई पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकहरूले नेम्वाङलाई मृत घोषणा गरेका थिए । लगत्तै प्रधानमन्त्री प्रचण्ड पनि अस्पताल पुगेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com