२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

रणनीतिक सुरक्षा परामर्शको वार्ताका लागि रुस जाँदै वाङ यी

काठमाडौं । चीन र रुसको रणनीतिक सुरक्षा परामर्शको बैठकका लागि चिनियाँ कम्युनिस्टको विदेश विभागका निर्देशक वाङ यी रुस जाने भएका छन् ।

चिनियाँ विदेशमन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता माओ निङलेले वाङ यी सोमबार रुस जाने तय भएको जानकारी दिएकी हुन् ।

प्रवक्ता माओले चीन र रुस एकअर्काका सबैभन्दा ठूला छिमेकी र नयाँ युगको लागि समन्वयका व्यापक रणनीतिक साझेदारहरू भएको भन्दै दुवै देश संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य र प्रमुख उदीयमान अर्थतन्त्रसमेत भएकाले रणनीतिक र व्यापक महत्वका पारस्परिक हितका प्रमुख मुद्दाहरूमा छलफल कायम राखिरहेको बताइन् ।

‘निर्देशक वाङ यीको रुस भ्रमण रणनीतिक सुरक्षा परामर्श संयन्त्रको ढाँचाभित्रको नियमित गतिविधि हो र दुई देशका राष्ट्राध्यक्षहरूबीचको महत्वपूर्ण साझा समझदारी, द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने र प्रमुख मुद्दाहरूमा छलफल गर्ने लक्ष्य राखिएको छ’, प्रवक्ता माओ निङले भनिन्, ‘यसले दुई देशको रणनीतिक सुरक्षा हितलाई सहयोग पुर्‍याउने छ ।’

रूसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभको निमन्त्रणामा वाङ यी रणनीतिक सुरक्षा परामर्शका लागि रुस जान लागेको चीनको विदेशमन्त्रालयको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com